चिनी किलोको ११५ रुपैयाँभन्दा बढी लिए उजुरी गर्न वाणिज्य विभागको आग्रह

काठमाण्डौ । वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चिनीको मूल्य किलोको ११५ रुपैयाँभन्दा बढी लिएमा जानकारी दिन उपभोक्तालाई आग्रह गरेको छ । वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले किलोको ११५ रुपैयाँभन्दा बढी लिए विभागमा उजुरी दिन उपभोक्तालाई आग्रह गरेका छन् ।
काठमाण्डौ उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ ।
उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै सहज हुन थालेको नेपाल खुद्र व्यापार र्संघले जनाएको छ । संघका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले बुधबार प्रति बोरा ५० किलोका ३ सय ८५ बोरा चिनी बजार पठाइएको जानकारी दिए ।
बिहीबार ३ सय ८२ बोरा चिनी गएको छ । थप चिनी आज बजारमा जाने उनले बताए । उनका अनुसार काठमाण्डौ उपत्यकाका सबै ठाउँमा चिनी पुर्याउन उपत्यकामा रहेका संघका सबै प्रतिनिधिलाई खटाइएको छ । यसरी बजारमा गएको चिनीको मूल्य किलोको ११५ रुपैयाँ तोकिएको छ ।
बजारमा चिनीको अभाव भएपछि चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर पेय पदार्थहरूका लागि खरिद गरिएको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको हो ।
विभागसँगको समन्वयमा नेपाल खुद्रा व्यापार संघले चिनी बिक्री गर्न थालेको हो ।
















३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया