गाउँघरमा युवा घटे, कोही छैनन् पिङ खेल्ने

टक्सार । गाउँघरमा युवाशक्तिभन्दा बूढापाकामात्र हुन थालेपछि दसैँ–तिहारलगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ । केही वर्ष अघिसम्म गाउँघरमा दसैँतिहार लागेको झल्को पिङबाट पाउने गरिन्थ्यो ।
दसैँ तिहारको अवसर पारेर ग्रामीण भेगमा लिङ्गे पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायमै थियो । तर अहिले भने गाउँघरमा युवापुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि पिङ लोप हुन थालेको भोजपुर नगरपालिकाका शिव भुजेलले बताए ।
“गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा समेत पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ”, स्थानीय बद्रीविक्रम बुढाथोकीले भने, “पुराना संस्कार तथा संस्कृतिहरू विस्तारै हराउँदो क्रममा छ । भोजपुरका बढी मात्रमा बाटिएको टोरी प्रयोग गरेर बासको लिङ्गा गाडेर लिङ्गे पिङ हाल्ने गरिन्थ्यो ।”
गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाटसमेत कम हुने गरेको छ । विगतमा लगाइने पिङमा वृद्धा, युवादेखि बालबालिकासम्मको जमघट हुने गर्दथ्यो तर त्यस्तो रमाइलो गर्ने परम्परा हराउँदै गएको छ, स्थानीय युवा सञ्जीव कार्कीले भने ।
सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । तर पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको समेत अभावले पिङको संस्कार हराउँदै गएको अर्का स्थानीय महेन्द्र खत्रीको धारणा रहेको छ । “विगतमा जस्तो गाउँघरमा डोरी बाट्ने मनिसको अभाव छ, अहिले नेपालमै रहेका युवाहरू दसैँ मनाउन केही दिन घरमा आउँछन्, उनीहरूले बाबियो खोजेर डोरी बनाउन पनि जान्दैनन्”, खत्रीले भने ।
सानै उमेरदेखि दसैँमा पिङ खेल्ने गरेको उल्लेख गर्दै पछिल्लो समयमा भने पिङ नै गाउँघरमा लगाउन छाडिएको छ । पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । युवाहरूले आधुनिकताका नाममा संस्कृति छाड्दै गएको वृद्धहरूको भनाइ छ ।
















रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया