आइतबार, माघ २५, २०८२

राष्ट्रपति पौडेल कात्तिक २२ गते युरोप भ्रमणमा निस्कँदै

मेरोन्यूज २०८० कार्तिक ३ गते १८:२६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमणमा निस्कने भएका छन् ।

राष्ट्रपति पौडेल आगामी कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यसूची रहेको परराष्ट्र स्रोतले जनाएको छ। पौडेल कात्तिक २४ र २५ गते फ्रान्सको पेरिसस्थित ‘पेरिस पिस फोरम’को कार्यक्रममा सहभागी हुने छन् ।

उक्त सम्मेलनमा अन्य देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, व्यवसायी, विकास बैंक, फाउन्डेन र एनजीओका प्रतिनिधिहरुको सहभागीता रहने बताइएको छ।

राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भएर त्यहीँबाट जर्मनी जाने छन् । जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणामा उनी त्यहाँ जान लागेको स्रोतले बताएको छ।

प्रतिक्रिया