स्वास्थ्यमन्त्री बस्नेतद्वारा पर्वत अस्पताल निरीक्षण

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरीक्षण गरेका छन् । शुक्रबार साँझ पर्व गएका मन्त्री बस्नेतले अस्पतालका भौतिक पूर्वाधार र उपचार सेवालगायतका बारेमा जानकारी लिएका हुन् ।
हालै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मूल्याङ्कनमा प्रदेशभरिमै उत्कृष्ट बनेको अस्पताललाई बधाई दिँदै उनले यसको थप स्तरोन्नति र गुणस्तरीय सेवा सुविधा प्रदान गर्नका लागि आवश्यक सहयोग गर्ने जानकारी दिए ।
मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य सुविधा पाउने नागरिकको नैसर्गिक अधिकार रहेको जनाउँदै जिल्लाबाट प्रदान गर्न सकिने सबै सेवा, सुविधा उपलब्ध गराउनसमेत निर्देशन दिए । उनले अस्पतालका लागि आवश्यक दरबन्दी, एम्बुलेन्स र अन्य उपकरण उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन् ।
सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले पर्वत अस्पतालको वर्तमान अवस्था, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको कमी, ५० शय्याको मान्यता प्रदान गर्नुपर्नेलगायतका बारेमा ध्यानाकर्षण गराएका थिए । उनले सुविधासम्पन्न ‘क’ वर्गको एक, अन्य दुईवटा एम्बुलेन्स, युएसजी मेसिन र हाडजोर्नीसम्बन्धी उपकरण उपलब्ध गराइदिन मागपत्रसमेत पेस गरेका छन् ।
विसं २०४६ मा १५ शय्या क्षमतामा स्थापना भएको जिल्लाको सो अस्पताल अहिले ५० शय्याको रूपमा स्तरवृद्धि भइरहेको छ । अस्पताल विकास समितिले ४१ शय्या थपेर अहिले ५६ शय्या सञ्चालनमा आएका छन् । अस्पतालमा ओपिडी सेवासँगै विभिन्न खालका शल्यक्रिया, डायलायसिस, दन्त, हाडजोर्नी, आँखा उपचारलगायतका सेवा प्रवाह हुँदै आएका छन् ।
पर्वत, बाग्लुङ र स्याङ्जाका गरी दैनिक तीन सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया