आइतबार, माघ २५, २०८२

गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष केसीले गरे पदभार ग्रहण

मेरोन्यूज २०८० कार्तिक ४ गते १६:३८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बद्री केसीले पदभार ग्रहण गरेका छन्।

काठमाडौंमा जारी ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केसीसहित पदाधिकारीले शनिबार संघको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका थिए। काठमाडौंमा भएको महाधिवेसनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

निर्वाचनको परिणामलाई लिएर विवाद भएपछि शुक्रबार बाँकी प्रक्रिया स्थगित भएको थियो। अध्यक्ष केसीले भेरो नामक विद्युतीय भोटिङ मेसिनको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पारेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया