एनआरएनए विवाद : आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा भएको छ ।
असन्तुष्ट पक्षले बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै समिति घोषणा गरेको हो ।
शर्मा नेतृत्वको कार्यसमितिमा डा। केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष छन्। त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिदलाई चयन गरिएको छ।
यसैगरी महासचिवमा बुद्धी सागर सुवेदी तथा उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन्। त्यस्तै सचिवमा लोकप्रसाद दाहाल, कृष्णजीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला चयन भएका छन्।
कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना तथा सहकोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन्।
यस्तै महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ चयन भएका छन्।
निर्वाचन समितिका संयोजक दुर्गा आचार्यले सबै नव निर्वाचित पदाधिकारीहरुलाई विधान बमोजिम शपथ दिलाएका थिए।
यसअघि महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी अध्यक्ष रहेको समितिले भने हिजै कार्यभार सम्हालिसकेको छ । तर आरके शर्मा र महेशकुमार श्रेष्ठलगायतले महाधिवेशनबाट भएको नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए । लगत्तै समानान्तर समिति घोषणा गरेका हुन् ।
















रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया