आइतबार, माघ २५, २०८२

दशैँको दिन उपत्यकामा प्रहरीकाे नि:शुल्क बस सेवा, कहाँ-कहाँबाट चढ्न पाइन्छ ?

मेरोन्यूज २०८० कार्तिक ६ गते १७:२५

काठमाडौं । नेपाल प्रहरीले मंगलबार (भाेलि) विजया दशमीको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।

टीकाको दिन सर्वसाधरणलाई आवतजावत गर्न सहज होस् भनि निशुल्क बस संचालन गर्न लागिएको हो । यस सेवा अन्तरर्गत उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिइने भएको छ ।

प्रहरी हेडक्वाटरका अनुसार बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म दुई वटा रुटमा बस सञ्चालन हुनेछन् ।

यसअघि सशस्त्रले पनि दशैँको दिन नि:शुल्क बस सेवा सञ्चालन गर्ने भनिसकेको छ ।

प्रतिक्रिया