चीनबाट स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ
मेरोन्यूज
२०८० कार्तिक ८ गते ११:४६

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् ।
चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११:३० बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
१७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)मा सहभागी हुन चीन जानुभएका श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।
पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा भएको आकस्मिक शल्यक्रिया र पाँच दिनसम्मको उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बनेको छ। तर चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएका छन्।
सम्बन्धित















कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया