अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको मृत्यु, ५० बढी घाइते
मेरोन्यूज
२०८० कार्तिक ९ गते ८:३४

अमेरिकाको माइन राज्यमा बुधबार राति एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेका छन् । घटनामा करिब ६० जना घाइते भएका छन् । साथै कयौँको अवश्था गम्भीर रहेको जनाइएको छ ।
आक्रमणकारी अझै पक्राउ गर्न नसकिएकोले प्रहरीले मानिसहरूलाई लुक्न आग्रह गरेको छ।
प्रहरीका अनुसार राति ८ बजेतिर तीन ठाउँमा गोली चलेको थियो । ती व्यक्तिले तीन फरक व्यापारिक केन्द्रमा गोली चलाएका थिए। जसमा स्पेयरटाइम मनोरञ्जन, स्किमनेजको बार एण्ड ग्रिल रेस्टुरेन्ट, र वालमार्ट केन्द्र समावेश छ।
प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि समेत आग्रह गरेको छ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया