आइतबार, मंसिर ७, २०८२

श्रद्धा कपुरले किनिन् ४ करोडको ल्याम्बोर्गिनी

मेरोन्यूज २०८० कार्तिक ९ गते १०:२०

मुम्बई । बलिउडकी अभिनेत्री श्रद्धा कपुरले ल्याम्बोर्गिनी कार किनेकी छिन् । उनले आफैँलाई उपहारको स्वरुप ४ करोड ४ लाख भारु मूल्य पर्ने ल्याम्बोर्गिनी ह्यूराकन टेक्निका किनेकी हुन् ।

श्रद्धा लक्जरी गाडीको सौखिन छिन् । उनीसँग पहिले नै ८० लाख भारु पर्ने आउडी क्यू७, २ करोड पर्ने बीएमडल्यू७ र १ करोड भन्दा बढी मूल्य पर्ने मर्सिडीज बेञ्ज जीएलई पनि छ ।

श्रद्धाले २ दर्जनभन्दा धेरै फिल्म खेलेकी छिन् ।

प्रतिक्रिया