मुगुमा एकै परिवारका चार जनाको मृत्यु प्रकरण
अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा, अझै फेला परेन ‘क्ल्यू’

मुगु । एकैपरिवारका चार जनाको मृत्यु प्रकरणबारे छानबिन गर्न प्रहरीको टोली मुगुको छायॉनाथ रारा नगरपालिका वडा नम्बर-६ मन्दु गाउँको घटनास्थलमा पुगेको छ । दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएर ८ गते बेलुका घर फर्केका हरुको शव शुक्रबार घरमै भेटिएको थियो । घटनामा २६ वर्षीया आमा श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा ८ महिनाका छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको शव भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको हो ।
सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थलमा पुगेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालका अनुसार घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगु खटिएका छन् । जसमध्ये एउटा टोली घटनास्थलमै पुगिसकेको र अरु दुई टोली दिउँसोसम्म पुग्ने छ ।
उनका अनुसार सुर्खेतबाट अनुसन्धानका लागि वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को कुकुरसहितको अनुसन्धान टोली खटिएका छन् । एउटा टोली शुक्रबार राति कालिकोट बसेर शनिबार बिहानै मुगु पुगेको छ । टोलीले घटनाबारे विशेष अनुसन्धान थाल्ने डीआईजी ढकालले बताए ।
शुक्रबार बिहान ९ बजे घटनाको खबर पाउनासाथ घटनास्थलमा विस्तृत विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरक्षक वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो ।
शुक्रबारदेखि दिनभरिजसो प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटनास्थललाई सिल गरी पहरा दिइरहेको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया