साथी हत्याको आरोपमा धनुषामा दुई जना पक्राउ
मेरोन्यूज
२०८० कार्तिक १२ गते १२:४२

जनकपुरधाम । आफ्नै साथीको हत्या आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- २४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम- २४ बसहियाका पवन सहनी र जनकपुरधाम( २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
कातिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीको दाबी छ।
जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिवन्धित लागूऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हत्याको घटना भएको प्रहरीले बताएको छ ।
सम्बन्धित















के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया