देउवासँगको भेटमा गुटेरेसले राखे नेपालको शान्ति प्रक्रियाबारे चासो

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालको शान्ति प्रक्रियाबारे चासो व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका गुटेरेसले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा शान्ति प्रक्रियाबारे चासो राखेका हुन् ।
अपराह्न नयाँ बानेश्वरमा भएको भेटमा सभापति देउवासँगै नेता शेखर कोइराला कांग्रेसका उपसभापतिसमेत रहेका कानुनमन्त्री धनराज गुरूङ र परराष्ट्र मन्त्री एनपी साउद पनि सहभागी थिए।
भेटमा गुटेरेसले नेपालको शान्ति प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलगायत विभिन्न विषयमा चासो राखेका थिए । ‘भेटमा महासचिव गुटेरेसले शान्ति प्रक्रियाबारे चासो राख्नुभयो । अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशलाई पालना गर्नुपर्ने पनि बताउनुभयो,’ भेटमा सहभागी एक नेताले भने ।
आइतबार नै महासचिव गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्र मन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए।
भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले जानकारी दिए ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र अन्य अधिकारीहरू सहभागी थिए ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया