शनिबार, माघ २४, २०८२

बारामा गोली प्रहारबाट घाइते प्रिन्सिपल सरार्फको मृत्यु

मेरोन्यूज २०८० कार्तिक १३ गते १४:५१

बारा । गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ (गुड्डु) को मृत्यु भएको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

सोमबार दिउँसो सर्राफलाई २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा गोली हानेको थियो ।

गोली लागेर घाइते भएका सर्राफलाई उपचारका लागि कलैया अस्पताल हुदै वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो ।

प्रतिक्रिया