नेप्से परिसूचकमा ३.०४ अंकले वृद्धि

काठमाडौं । नेप्से परिसूचकको कारोबारमा सोमबार ३.०४ अंकले वृद्धि भएको छ । सुरुवाती समयदेखि नै उच्च गिरावट देखिएको सेयर बजार अन्तिम समयमा आएर ३.०४ अंकले वृद्धि भएको हो ।
कारोबार खुलेको ४७ मिनेटमै नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम समयमा १८७८.७० विन्दुमा आएर बन्द भयो । दिउँसो सवा २ बजेपछि नेप्सेमा सुधार देखिएको छ । कारोबार रकम भने ६९ करोड ४२ लाखमा खुम्चिउको छ । आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको थियो ।
होटल तथा पर्यटन २० र उत्पादन उपसमूह ४० अंकले घटेका छन् । भने बैंकिङ ०.५८, विकास बैंक २७, फाइनान्स १३, जलविद्युत् ४, जीवन बीमा १२, निर्जीवन बीमा ८३, अन्य १ र ब्यापार उपसमूह २१ अंकले बढे ।
पञ्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो भने मन्दाकिनी हाइड्रोको ५.८ प्रतिशत बढ्यो । सोनापुर मिनरल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । सूचीकृत भएपछि लगातार दोस्रो दिन कम्पनीको मूल्य १० प्रतिशतले घटेको हो ।
बिन्ध्यवासिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोको मूल्य साढे ६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा साधना लघुवित्त संस्थापक सेयर, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक संस्थापक, नबिल बैंक र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
मुस्ताङमा भारतीय नागरिक मृत फेला
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया