‘भुस्याहा कुकुर’हरूले कम्बोडियामा लगानी गरेको आरोप लगाए : ओली
लगानी गरेको पत्ता लगाए एक हजार थपेर दिने उदघोष

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘भुस्याहा कुकुर’ हरूले आफूलाई कम्बोडियामा लगानी गरेको आरोप लगाएको बताएका छन् ।
एमाले गण्डकी प्रदेशले पोखरामा सोमबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको आरोप लगाइएको बताए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए। त्यसको जवाफ दिँदै ओलीले भुस्याहा कुकुरहरूले आफूलाई त्यस्तो आरोप लगाएको बताउँदै प्रमाणित गर्न चुनौती दिएका हुन् ।
‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु,’ भने, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’
बदनाम गर्न पहिले स्वीस बैंकमा र अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको ओलीले बताए ।
उनले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हाल्छ भने त्यो अपराध भएको बताए। ‘राज्यको ढुकुटीबाट १ पैसा पनि आफ्नो खल्तीमा हाल्छ भने त्यो अपराध हो, एमाले यसको विरोधमा छ, कुनै कम्प्रमाइज गर्दैन,’ उनले भने।
ओलीले आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको बताए । अर्काका लागि आफूले भ्रष्टाचार नगर्ने ओलीको भनाइ थियो । ‘मैले र श्रीमतीले सबै सम्पत्ति दान गरिसकेका छौं, कसका लागि सम्पत्ति राख्ने,’ उनले भने, ‘मैले भ्रष्टाचार गर्ने, अरुलाई दिने मुर्खता केपी ओलीले गर्दैन।’
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया