विमानस्थलमा खटिएका प्रहरी जवान तामाङ मानव तस्करीको आरोपमा पक्राउ
मेरोन्यूज
२०८० कार्तिक १३ गते १७:१५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी जवान जीवराज तामाङ मानव तस्करीमा संलग्न भएका आरोपमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले जवान तामाङलाई पक्राउ गरेको हो।
तामाङले मानव तस्करको गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भिजिट भिसामा सर्वसाधारणलाई दुबईलगायत खाडी मुलुक पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको कार्यालयले जनाएको छ।
कार्यालय स्रोतले तामाङ मानव तस्करका गिरोहसँग मिलेर भिजिट भिसामा सर्वसाधारणलाई खाडी मुलुक उडाउने कार्यमा संलग्न थिए। यसबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको बताएको छ।
प्रहरीले उनको थप कनेक्सनबारे अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेका तामाङ विगत तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया