तिहारसम्ममा सबै राष्ट्रिय राजमार्ग मर्मत गरिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडकममध्ये आधामा दसैँ पहिले नै मर्मत सकिएको र बाँकीमा तिहार अघिसम्म सकिने बताएका छन् ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले मुख्य राजमार्ग र काठमाडौँ उपत्यकाका धेरै सडकमा मर्मतको काम गरिसकिएको बताए । चाडपर्वका लागि काठमाडौँ उपत्यका बाहिरिने नागरिकलाई सहज बनाउन लागिएको उनले बताए । उनले भने, ‘यात्रुले सजिलै टिकट पाएर आआफ्नो घर फर्कन पाएका छन् ।’
दसैँमा नागरिकलाई यात्रामा सहज बनाउनका लागि घटस्थापनादेखि पूर्णिमासम्म हेभी सवारीमा रोक लगाइएको र सवारी जुनसुकै मार्गमा जान सक्ने व्यवस्था मिलाइएको उनले बताए । उनले भने, ‘अघिल्ला वर्षहरुभन्दा यो वर्ष दुर्घटना पनि कम भएको छ ।’
समितिका सभापति दीपकबहादुर सिंहले सडक निर्माण गर्दा नै कम्तीमा १०÷१२ वर्षसम्म मर्मत गर्न नपर्ने गरी गर्नुपर्ने बताए । निर्माणाधीन सडकमा धुँवा धुलोका कारण नागरिकले धेरै हैरानी बेहोर्नुपरेको उनको भनाइ थियो । उनले भने, ‘खाना खाँदा खानामै धुलोका कण र पसलेले पसल खोल्दा सामानमा धुलोनै धुलो भइरहेको छ ।’
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँँभर पनि सडक विभाग र यातायत व्यवस्था विभागअन्तर्गतका कार्यालयले नागरिकका गुनासो सुन्ने र सम्बोधन गरेको बताए । यो वर्ष तुलनात्मक रुपमा कम सडक दुर्घटना भएको र नागरिकले टिकट नपाउने समस्या कम भएको उनको दाबी थियो ।
समितिले आजै ग्वार्कोस्थित फ्लाई ओभर, विस्तारका क्रममा रहेको कलङ्की–बसुन्धारा सडक र विष्णुमतीस्थित पुलको स्थलगत अवलोकन गरेको थियो ।
















अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
प्रतिक्रिया