तिहारसम्ममा सबै राष्ट्रिय राजमार्ग मर्मत गरिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडकममध्ये आधामा दसैँ पहिले नै मर्मत सकिएको र बाँकीमा तिहार अघिसम्म सकिने बताएका छन् ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले मुख्य राजमार्ग र काठमाडौँ उपत्यकाका धेरै सडकमा मर्मतको काम गरिसकिएको बताए । चाडपर्वका लागि काठमाडौँ उपत्यका बाहिरिने नागरिकलाई सहज बनाउन लागिएको उनले बताए । उनले भने, ‘यात्रुले सजिलै टिकट पाएर आआफ्नो घर फर्कन पाएका छन् ।’
दसैँमा नागरिकलाई यात्रामा सहज बनाउनका लागि घटस्थापनादेखि पूर्णिमासम्म हेभी सवारीमा रोक लगाइएको र सवारी जुनसुकै मार्गमा जान सक्ने व्यवस्था मिलाइएको उनले बताए । उनले भने, ‘अघिल्ला वर्षहरुभन्दा यो वर्ष दुर्घटना पनि कम भएको छ ।’
समितिका सभापति दीपकबहादुर सिंहले सडक निर्माण गर्दा नै कम्तीमा १०÷१२ वर्षसम्म मर्मत गर्न नपर्ने गरी गर्नुपर्ने बताए । निर्माणाधीन सडकमा धुँवा धुलोका कारण नागरिकले धेरै हैरानी बेहोर्नुपरेको उनको भनाइ थियो । उनले भने, ‘खाना खाँदा खानामै धुलोका कण र पसलेले पसल खोल्दा सामानमा धुलोनै धुलो भइरहेको छ ।’
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँँभर पनि सडक विभाग र यातायत व्यवस्था विभागअन्तर्गतका कार्यालयले नागरिकका गुनासो सुन्ने र सम्बोधन गरेको बताए । यो वर्ष तुलनात्मक रुपमा कम सडक दुर्घटना भएको र नागरिकले टिकट नपाउने समस्या कम भएको उनको दाबी थियो ।
समितिले आजै ग्वार्कोस्थित फ्लाई ओभर, विस्तारका क्रममा रहेको कलङ्की–बसुन्धारा सडक र विष्णुमतीस्थित पुलको स्थलगत अवलोकन गरेको थियो ।
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया