शनिबार, माघ २४, २०८२

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

मेरोन्यूज २०८० कार्तिक १४ गते ७:०७

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुबै सदनलाई मंगलबार सम्बोधन गर्ने भएका छन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।

बैठक प्रारम्भ भएसँगै महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि छ । उनको सम्बोधन लगत्तै सोही बैठकले उनलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ।

महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राख्नेछ ।

चार दिने नेपाल भ्रमणमा आएका गुटेरेस बुधवार फर्कदैछन् ।

प्रतिक्रिया