एमालेको युवा संघ र दुर्गा प्रसाईबीच वारपारको तयारी, मंसिर ७ मा दुवैको काठमाडौंमा शक्ति प्रर्दशन

काठमाडौं । मंसिर ७ आउन अब २८ दिन बाँकी छ । काठमाडौंमा दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियान र एमालेको युवा संगठन राष्ट्रि«य युवा संगठनले एकै दिन पारेर काठमाडौंमा शक्ति प्रर्दशन गर्ने तयारी गरेका छन् ।
प्रसाईले नेपालले राष्ट्र« राष्ट्रियता, धर्म, संस्कृतिका लागि मंसिर ७ मा काठमाडौंमा प्रर्दशन गर्ने तयारी गरेका छन् । राष्ट्रि«य युवा संघले भष्ट्राचार, महंगी, अनियमितता, राज्यको अर्कमन्यता, अराजकता, माफियागिरी, सामाजिक सद्भाव भड्काउने एवं धार्मिक सहिष्ण्ुाता भत्काउने अपराधिक गतिविधिविरुद्ध विशेष कार्यक्रम घोषणा गरेको छ ।
सरसर्ती हेर्दा यी दुईको कार्यक्रम आ आफनो निहित उदेश्य प्राप्तीका लागि हो भनेर बुझन सकिएला । तर अन्तर्यमा हेर्दा यी दुईका बीच चल्दैं आएको आरोप÷प्रत्यारोपले प्रसाई र एमालेको युवा संगठनका अलग कार्यक्रमलाई सामान्य अर्थमा बुझन सकिन्न ।
एकले अर्काेको प्रतिकारका लागि कार्यक्रम गरेको देखिएको छ ।

गणतन्त्रको विकल्पसहितको भूईमान्छे सर्वहारा वर्ग तथा नेपाली नागरिकको मुक्तिका लागि अन्तिम लडाईं भन्दै प्रसाईंले मंसिर ७ मा काठमाडौंमा नागरिक सभा गर्ने बताएको छ । एमालेसँग पछिल्लो समय विवाद बढाईरहेका प्रसाईंको हर्कत रोक्न एमाले अध्यक्ष केपी ओलीले कात्तिक ५ मा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा आग्रह गरेको समाचार पनि सार्वजनिक भएका थिए । तर एमालेले भने प्रधानमन्त्रीसँग त्यसदिन ओलीको संक्रमणकालिन न्यायसँग सम्वन्धित विषयमा मात्र कुरा भएको भन्दै प्रसाईका बारेमा कुनै कुराकानी नभएको प्रष्टाएको छ । तर पनि प्रसाईले सामाजिक सन्जल र युट्युबहरूमार्फत अध्यक्ष ओलीका विरूद्ध बोल्न छोडेका छैनन ।

प्रसाई एमालेका पूर्व केन्द्रीय सदस्य पनि हुन् । माओवादी अध्यष प्रचण्ड र केपी ओलीलाई भक्तपुरमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका उनी सुरुमा माओवादीसाग नजिक भएपनि पछि माओवादी छोडेर एमाले भएका थिए ।
ओलीलाई हजुरवुवा भन्ने प्रसाई अहिले भने एमाले छोडेर ओलीविरुद्ध नै कडा हुँदै गईरहेका छन् । त्यही क्रममा एमालेको युवा सघले प्रसाईंलाई गत असोज २२ मा राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा कालो मोसो दलेका थिए । त्यसयता झन् एमाले र प्रसाईका बीचमा विवाद चर्केको छ ।
जसकाकारण मंसिर ७ मा दुवैले आयोजना गर्न लागेको शक्ति प्रर्दशन एक–अर्काेविरुद्द लक्षित जस्तो बन्न पुगेको छ ।
















स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
22 days to go for voting: Voter education to run at 6,743 wards
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया