चिसोका कारण खुल्न सकेन उपल्लो डोल्पाको नाका

जाजरकोट । उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चिनतर्फ नाका खुल्ला गरिएपनि आवतजावत भने हुन सकेको छैन ।
आर्थिक गतिबिधिहरु चालु गरेर जनजीवन सहज तुल्याउन चिन र नेपालतर्फको सीमा नाँका खुल्ला गरिए पनि चिसोका कारण आवतजावत हुन नसकेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले जानकारी दिए । “चिसो बढ्नै लाग्दा नाका खोल्ने सहमति भएको थियो”, उनले भने, सदरमुकाम दुनै गएर सीमा पास गराइ उपल्लो डोल्पामा आउँदा आउँदै सीमा क्षेत्रमा हिउँ परेको थियो । अहिले हिउँ र चिसोका कारण आवतजावत गर्न नसक्दा खुल्ला गरिएको सीमा नाकाबाट कुनै पनि फाइदा लिन सकिएको छैन ।
सीमा क्षेत्र खुलाउन पहल गरेका उपल्लो डोल्पाका जनप्रतिनिधि तथा प्रदेशसभासदस्य वीरबहादुर शाहीले सीमा खुल्ला गरेपनि लाभ लिन नसक्दा समस्या भएको बताए । उनले भने, “चिसो र व्यापार केही नभएका कारण अहिले नाकामा कुनै गतिबिधि हुन सकेको छैन ।”
प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले तीनमहिने प्रगति विवरणमा सिमा खुलाउने विषयलाई समेटे पनि चिसोकै कारण समस्या आएको जानकारी दिँदै हामीले यता प्रक्रिया पूरा गर्दा गर्दै ढिलो भएकाले चिसो बाधक बनेर आएको बताए । चौध नम्बरको क्याटो र १५ नम्बकरको मरिम्ला नाका चिनसँग जोडिएको छ ।
तिब्बतको सिँगाचे डोङबा काउन्टीसँग जोडिएको छ । पाँच वर्षदेखि कोरोनाका कारण खुल्न नसकेको नाका निकै लामो प्रयास पछि खुले पनि सदुपयोग हुन नसकेको हो । उपल्लो डोल्पामा खाद्यान्नलगायत सामग्रीहरु धुवानी गर्न गरिएको प्रयास चिसोका कारण फेरी रोकिएको छ । उपल्लो डोल्पामा तीन पालिका छन् । अब चिसोका कारण उपल्लो डोल्पावासीहरु तलतिर झर्ने समय सुरु भइसकेको छ । यहाँका विद्यालयहरु चिसोमा बन्द हुने गर्दछन् । अहिले अधिकांश सरकारी कर्मचारीसमेत उपल्लो डोल्पा पुगेका छैनन् ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया