‘पर्वतीय पर्यटन प्रवद्र्धनमा सङ्घ भूमिका महत्वपूर्ण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाले पर्वतीय पर्यटन प्रवद्र्धनमा नेपाल पर्वतारोहण सङ्घको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
आज यहाँ आयोजित एशियाली पर्वतारोहण महासङ्घ साधारणसभा उद्घाटनका क्रममा महानिर्देशक बुढाले हिमाली पर्यटन प्रवद्र्धन, पर्वतारोहण खेलकुद, हिमाली वातावरण संरक्षण र हिमाली जनताको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न सङ्घले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले जलवायु परिवर्तन, हिमाली वातावरण, विश्वव्यापी उष्णुता र सुरक्षित पहाडसम्बन्धी एउटै आवाजका लागि एसिया महादेशमा रहेका अल्पाइन क्लबको छाता संस्थाका रुपमा रहेको महासङ्घको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे।
नेपालजस्ता पहाडी मुलुकले जलवायु परिवर्तनलगायतका समस्या भोग्दै आएको बताउँदै उनले साधारणसभामा यस विषयमा गम्भीर छलफल गरी हिमाली क्षेत्र संरक्षणका लागि साझा रणनीतिक योजनाबाट निष्कर्षमा पुग्न आवश्यक रहेको बताए ।
पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन र नेपालको राष्ट्रिय अल्पाइन सङ्घको रूपमा काम गर्दै आएको पर्वतारोहण सङ्घको स्वर्णमहोत्सवका अवसरमा महासङ्घका अध्यक्ष डा इन ज्युङ लीले वातावरण संरक्षणमा महासङ्घले विशेष ध्यान दिएको बताउँदै साधारणसभा विश्वव्यापी पर्वतारोहण समुदायका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गरे ।
सो समारोहमा अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासङ्घका अध्यक्ष पिटर मिउरले वातावरणीय समस्या विश्वव्यापी हुनाले सबैको आवाजको प्रतिनिधित्वले वातावरण संरक्षणमा मद्दत पु¥याउने र यसले अन्तर्राष्ट्रिय राष्ट्रिय हितको प्रवद्र्धन गर्न केही जिम्मेवारी प्रदान गर्ने बताए ।
पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले एशियाली पर्वतारोहण महासङ्घको साधारणसभाले सुरक्षित आरोहणसम्बन्धी रणनीति तयार गर्ने बताए । महासभामा हिमाल संरक्षण र जलवायुपरिवर्तनको जोखिम न्यूनीकरणमा साझा अभ्यासबारे छलफल गर्ने उनको भनाइ छ ।
पर्वतारोहण र हिमाली वातावरणको वास्तविकता बुझ्न एकमात्र राष्ट्रिय अल्पाइन क्लबका रुपमा रहेको पर्वतारोहण सङ्घ जलवायुपरिवर्तनका कारण हिमालय क्षेत्रले खेप्नुपरेको समस्याबारे छलफल गरी वातावरण संरक्षणमा सबैको एकता र प्रयास आवश्यक रहनेमा उनले जोड दिए ।
महासङ्घको साधारणसभामा १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिलगायतको सहभागिता छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया