शनिबार, माघ २४, २०८२

गुटेरेससँग नेपालकै केही नेताहरुले देश विभाजित छ जस्तो देखाउनुभयो, यो दुर्भाग्यपूर्ण छ : प्रधानमन्त्री

मेरोन्यूज २०८० कार्तिक १४ गते १७:५७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग नेपालकै केही नेताहरुले देश विभाजित छ जस्तो देखाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

संसद्‌ भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले नेपालकै केही नेताहरुले देश विभाजित छ भन्ने देखाएको भन्दै असन्तुष्टि जनाए ।

‘नेपालको शान्ति प्रक्रियाबारे महासचिव गुटेरेसको राम्रो धारणा छ । नेपालकै केही नेताहरुले देश विभाजित छ जस्तो देखाउनुभयो, यो दुर्भाग्यपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भने ।

उनले गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको प्रतिक्रिया दिए । जलवायु र गरिवी निवारणसम्बन्धी फन्ड छुट्याउने सबभन्दा ठूलो कुरा भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

‘राष्ट्रसंघका महासचिवले बोल्नसक्ने कुरा बोल्नुभयो, यो नेपालको लागि खुसीको कुरा हो,’ दाहालले भने, ‘जलवायु र गरिबी निवारणसम्बन्धी फन्डहरु छुट्याउने भन्ने, यो भन्दा ठूलो कुरा केही हुन्न ।’

महासचिव गुटेरेसबाट शान्तिप्रक्रियाबारे पनि राम्रो धारणा आएको दाहालले बताए ।

महासचिव गुटेरेसले संघीय संसद्‌का दुवै सदनको बैठकलाई मंगलबार सम्बोधन गरेका थिए ।

प्रतिक्रिया