राष्ट्रपति पौडेलले आममाफी दिएका दुई व्यक्ति पक्राउ, एकविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस र गणतन्त्र दिवसमा आममाफी दिएका दुई व्यक्ति पक्राउ परेका छन् भने एक जनालाई दिइएको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
राष्ट्रपतिले गत जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका मकवानपुरको हेटौंडा–२ घर भई हाल भरतपुर–९ बस्ने रामचन्द्र थापा अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा र असोज ३ गते संविधान दिवसको अवसरमा आममाफी दिएका रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ परेका हुन् ।
त्यस्तै संविधान दिवसकै अवसरमा आममाफी दिएका बाँकेका योगराज ढकाल (रिगल)लाई गैरकानूनी रुपमा कैद छुट दिएको भनी रिट परेको छ ।
थापाले भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिई २५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पंडितले जानकारी दिए ।
२०७५ मंसिर १३ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसूरमा दर्ता भएको मुद्दामा थापालाई चितवन जिल्ला अदालतले ९ वर्षको कैद सजाय तोकेको थियो। उनलाई अग जेठमा राष्ट्रपति पौडेलले आममाफी दिएका थिए ।
डिएसपी सोमबार साँझ भरतपुर अस्पतालको नयाँ गेट नजिकैबाट पक्राउ गरिएको जानकारी दिए ।
असोज तीन गते सरकारको सिफारिसमा राष्ट्रपति पौडेलबाट कैद मिनाहा पाएका
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय विक मुसिकोट नगरपालिका–७ साँखुकी २७ वर्षीया भावना बिकको हत्या आरोपमा पक्राउ परेका छन् ।
रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले भावनाले विवाहका लागि दबाब दिएका कारण हत्या गरेको लोकबहादुरले स्वीकारेको जानकारी दिए ।
त्यस्तै संविधान दिवसको अवसरमा व्यक्तिहत्याको मुद्दामा सजाय भोगिरहेका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
आफ्ना पति चिरन मानन्धरको हत्यामा दोषी ठहर भएका व्यक्तिलाई गैरकानूनी रुपमा कैद छुट दिएको भनी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया