राष्ट्रपति पौडेलले आममाफी दिएका दुई व्यक्ति पक्राउ, एकविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस र गणतन्त्र दिवसमा आममाफी दिएका दुई व्यक्ति पक्राउ परेका छन् भने एक जनालाई दिइएको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
राष्ट्रपतिले गत जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका मकवानपुरको हेटौंडा–२ घर भई हाल भरतपुर–९ बस्ने रामचन्द्र थापा अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा र असोज ३ गते संविधान दिवसको अवसरमा आममाफी दिएका रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ परेका हुन् ।
त्यस्तै संविधान दिवसकै अवसरमा आममाफी दिएका बाँकेका योगराज ढकाल (रिगल)लाई गैरकानूनी रुपमा कैद छुट दिएको भनी रिट परेको छ ।
थापाले भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिई २५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पंडितले जानकारी दिए ।
२०७५ मंसिर १३ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसूरमा दर्ता भएको मुद्दामा थापालाई चितवन जिल्ला अदालतले ९ वर्षको कैद सजाय तोकेको थियो। उनलाई अग जेठमा राष्ट्रपति पौडेलले आममाफी दिएका थिए ।
डिएसपी सोमबार साँझ भरतपुर अस्पतालको नयाँ गेट नजिकैबाट पक्राउ गरिएको जानकारी दिए ।
असोज तीन गते सरकारको सिफारिसमा राष्ट्रपति पौडेलबाट कैद मिनाहा पाएका
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय विक मुसिकोट नगरपालिका–७ साँखुकी २७ वर्षीया भावना बिकको हत्या आरोपमा पक्राउ परेका छन् ।
रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले भावनाले विवाहका लागि दबाब दिएका कारण हत्या गरेको लोकबहादुरले स्वीकारेको जानकारी दिए ।
त्यस्तै संविधान दिवसको अवसरमा व्यक्तिहत्याको मुद्दामा सजाय भोगिरहेका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
आफ्ना पति चिरन मानन्धरको हत्यामा दोषी ठहर भएका व्यक्तिलाई गैरकानूनी रुपमा कैद छुट दिएको भनी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया