सोमबार, माघ २६, २०८२

एमाले नेता बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध प्रहरीमा उजुरी

मेरोन्यूज २०८० कार्तिक १४ गते १९:३२

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेत र एनआरएनएका अध्यक्ष बद्री केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ।

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले बस्नेत र केसीविरुद्ध काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजरी दिएका हुन्।

एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भन्दै प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको भन्दै उनले उजुरी दिएको प्रहरीले जनाएको छ ।

एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार गरेको र शर्मामाथि कुटपिट गरेको उजुरीमा दाबी गरिएको छ ।

संघको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा शर्मामाथि दुर्व्यवहार भएको थियो ।

शर्मालाई युवा संघका कार्यकर्ताले कार्यालय छाडेर बाहिर जान चेतावनी समेत दिएका थिए। कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ।

प्रतिक्रिया