डिजेल र मट्टितेल लिटरमा ४ रुपैयाँ घट्यो
मेरोन्यूज
२०८० कार्तिक १४ गते १९:५३

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । निगमले मंगलबार विज्ञप्ति जारी गरी बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेल प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर १६८ रुपैयाँ थियो ।
निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ । यसअघि निगमले असोज २८ गते पेट्रोल लिटरमै ११ रुपैयाँ घटाएको थियो ।
हेर्नुहोस् विज्ञप्ति :

सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया