एआईको साथमा उद्योगलाई पुनः आकार दिँदै ‘ह्वावे क्लाउड’

काठमाडौं । ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् ।
आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआइ क्लाउड सेवाको घोषणा गरेका हुन् ।
एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुने उनको विश्वास छ । ‘ह्वावे क्लाउडले सबै प्रकारका आधारभूत मोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ’ उनले भने, ‘पंगु मोडलहरूमा नयाँ आविष्कार गरौं र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔं ।’
ह्वावे क्लाउड इकोसिस्टममा ५ लाख डेभलपर र ४२ हजार साझेदारहरू सामेल भएका छन् ।

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया