शनिबार, माघ २४, २०८२

राष्ट्रिय सभा चुनाव माघ दोस्रो साता गर्ने आयोगको तयारी, सरकारसँग परामर्श

मेरोन्यूज २०८० कार्तिक १५ गते १२:०५

काठमाडौं । राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल पूरा भएर रिक्त हुने १९ पदका लागि आगामी माघ दोस्रो साता चुनाव गराउने तयारी शुरु भएको छ । निर्वाचन आयोगले आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी चुनावी तयारी शुरु गरेको हो ।

त्यसबारे आयोगले सरकारसँग पनि परामर्श थालिसकेको छ । त्यसको जानकारी निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशचन्द्र थपलियाले जानकारी दिएका हुन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो जानकारी दिएका हुन् ।

राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले चुनावको मिति तोक्ने कानुनी ब्यवस्था छ ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्य हरेक दुई–दुई वर्षमा रिक्त हुने गर्दछन् ।

प्रतिक्रिया