काठमाडौँमा नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ

काठमाडौँ । काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौँ कलङकी बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौँ गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाले बा २ ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरुले अन्सारीको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद जबरर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारामा अनुसन्धान गरी निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक रहेका र भट्टराई डिआरटी सव रेमिट्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताए। उनका अनुसार उनीहरुबाट रू ९६ हजार पाँच सय नगदसमेत बरामद गरिएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए ।















झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया