बुधबार, वैशाख ९, २०८३

यस वर्ष भारतीय सयपत्री मालाको आयात बन्द

मेरोन्यूज २०८० कार्तिक १५ गते १५:०६

काठमाडौं । यस वर्षको तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको छ ।

Advertisement
NiccNicc

सरकारले तिहारमा भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको सँगै आयात नहुने भएको हो ।

बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना जारी गर्दै यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएको कारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिसमा कात्तिक १ बाटै रोक लगाइएको जनाइएको छ ।

केन्द्रका अनुसार इजाजतपत्र बेगर आयात गरिएका वस्तु अवैध मानिने भएका कारण यस वर्ष सरकारी तथा निजी संस्थाको संयन्त्रबाट अनुगमन कडा गरिने र अवैध भेटिएमा जफत र दण्ड जरिवाना हुने भन्दै कार्यालयले सचेत गराएको छ ।

प्रतिक्रिया