पार्टीको जनपरिचालन गर्ने कार्यक्रमलाई मिडियाले सडक प्रदर्शन भन्दै गलत प्रचार गरे : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका तीन प्रदेशले एकै स्थानमा जनपरिचालन गर्ने कार्यक्रमलाई मिडियाले सडक प्रदर्शन भन्दै गलत प्रचार गरेको बताएका छन् ।
सरकारमा बसेर सडक प्रदर्शन गर्न लागेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री दाहालले सञ्चार माध्यमले पार्टी निर्णयलाई गलत रुपमा प्रचार गरिएको भन्दै निर्णयको बचाउ गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकार्मीहरुसँग दाहालले पार्टीले वडास्तरमा गरेको जनपरिचालन कार्यक्रमलाई पालिका र प्रदेशस्तरमा गर्न खोजेको बताए ।
‘मिडियाले गलत ढंगले प्रचार गर्यो । अहिले देशभर वडास्तरमा जनपरिचालनका कार्यक्रमहरु चलिरहेको छ,’ दाहालले भने, ‘जनपरिचालनलाई गाउँपालिका र काठमाडौंमा तीन वटा प्रदेशले एकै स्थानमा जनपरिचालन गर्न खोजेको हो । कसैका विरुद्ध कुनै प्रदर्शन गर्न खोजेको होइन ।’
माओवादी केन्द्रको मंगलबार बसेको बैठकले राजावादीहरु सक्रिय भएको भन्दै त्यसविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । सरकारको नेतृत्व गर्ने र सडक प्रदर्शन पनि गर्ने भन्दै विभिन्न पक्षबाट माओवादी केन्द्रको आलोचना भएपछि अध्यक्ष दाहालले त्यसको बचाउ गरेका हुन् ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया