ओमानविरुद्धको खेलमा नेपालले ६ ओभर सकिँदा लियो चार विकेट
मेरोन्यूज
२०८० कार्तिक १६ गते ९:४८

काठमाडौं । टी २० विश्वकप छनोट खेलको सेमिफाइनलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।
पावर प्ले सकिंदा नेपालले चार विकेट लिएको छ । सोमपाल कामीले दुई, करण केसी र गुल्शन झाले एक एक विकेट लिएका छन् ।
सोमपालले ३.१ ओभरमा अकिब इलियास र ५.४ ओभरमा शोयब खानलाई आउट गराए ।
गुल्शन झाले पाँचौं ओभरको अन्तिम बलमा झाले ओमानका ओपनर प्रतिक श्रीकान्त अथावलेलाई आउट गरे । झाले प्रतीकलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराए ।
ओमानविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो ओभरको पाँचौं बलमै विकेट लिएका छन् । ओमानका कश्यप प्रजापतिलाई करणले आउट गराए ।
६ ओभर सकिदा ओमानले ४३ रन जोडेको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया