शनिबार, वैशाख २६, २०८३

नेपालले विश्वकप छनोटका लागी शुक्रवार यूएईको सामना गर्ने

मेरोन्यूज २०८० कार्तिक १६ गते १२:४९

काठमाडौं। टी-२० विश्वकपमा छनोट हुन नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा शुक्रवार नेपालले यूएईसँग खेल्ने छ ।

Advertisement
NiccNicc

नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।

बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नु अगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो।

प्रतिक्रिया