नेपालमा संसद्भन्दा तीन नेता सार्वभौम छन् : डा. सिके राउत
मेरोन्यूज
२०८० कार्तिक १६ गते १५:०३

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपालको संघीय संसद् भन्दा मुख्य तीन दल(नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र)का शीर्ष नेता सार्वभौम रहेको भन्दै व्यङ्ग्य गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै डा. राउतले भने, ‘संसद्मा सांसदले बोलेका कुनै कुरा कार्यान्वयन हुँदैनन् । यहाँ त संसद भन्दा तीन नेता शक्तिशाली छन्, सार्वभौम छन् । यसले लोकतन्त्रमाथि प्रश्न उठाउने स्थान पैदा भएका छन् ।’
उनले नेपाल टाइटनिक जस्तै डुब्न लागेको बताए । त्यो कसैले गर्दा नभइ सत्ता सञ्चालकहरूले गर्दा मुलुक डुब्न लागेको उनको भनाइ थियो ।
आफू लोकतन्त्रका लागि आवाज उठाएको व्यक्ति भए पनि अहिले सत्तामा पुगेर काम नगर्नेहरूको कारण नचाहेर पनि लोकतन्त्रप्रति वितृष्णा जाग्ने अवस्था आएको भन्न विवस भएको बताए ।
सम्बन्धित
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया