टी–२० विश्वकप छनोट : आज यूएईलाई हराउनै पर्ने दबाबमा नेपाल

काठमाडौँ। टी-२० विश्वकप छनौट अन्तर्गत एशिया क्षेत्रको सेमिफाइनलका खेल आज हुँदै छन् ।
सेमिफाइनलमा ओमान र बहराइन तथा युएई र नेपालले प्रतिष्पर्धा गर्दै छन् । ओमान र बहराइनबीचको खेल टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुनेछ भने युएई र नेपालबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि नै शुरु हुनेछ।
आजको खेल जितेर फाइनलमा पुग्ने देशले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् ।
ओमानले समुह ‘ए’ मा समुह विजेता हुँदै सेमिफाइनलआमा आफ्नाे स्थान सुरक्षित गरेको हो । त्यस्तै बहराइनले भने समुह चरणमा केवल एक खेल जितेर पनि सेमिफाइनलको यात्रा तय गरेको छ । ३ खेलमा २ अंक हासिल गरेको बहराइनले सामना अंक भएका हङकङ र कुवेतलाई नेट रनरेटमा झिनो अन्तरले पछि पार्दै समुह उपविजेता बनेको थियो ।
त्यसैगरी युएईले समुह ‘बी’ का तिनै खेलमा जित हासिल गरेर ६ अंकसहित समुह विजेता हुदै सेमिफाइनलमा स्थान बनाएको हो भने नेपाल समुह ‘ए’ मा २ खेल जितेर ४ अंकसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।
नेपालको सम्भावित प्लेइङ ११ : रोहित पौडेल ‘कप्तान’, आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरारदिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहोरा ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया