थप सजाय भुक्तान गर्न रिगललाई पठाइयो बाँके कारागार

नेपालगञ्ज । जिल्ला अदालत बाँकेले योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन जिल्ला कारागार बाँकेमा पठाएको छ।
सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार जिल्ला अदालतमा पेश गरेको थियो। जिल्ला अदालत बाँकेले रिगललाई थप कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले जानकारी दिए।
‘रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ। कैदी पूर्जीसहित रिगललाई जिल्ला कारागार पठाइएको हो,’ बानियाँले भने।
रिगल गत असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरिदिएपछि छुटेका थिए ।
रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चको पूर्ण इजलाशले बिहीबार मात्रै उनको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै तत्काल पक्रउ गरेर थुनामा पठाउने आदेशात्मक फैसला गरेको थियो ।
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया