नक्कली नेपाली नोटसहित झापामा ६ भारतीय पक्राउ

झापा । प्रहरीले नक्लकी नेपाली नोटसहित झापामा ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिाजलले जानकारी दिए ।
भारतीय नम्बरको २ वटा मोटरसाईकलमा नेपाल आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद भएको थियो ।
नक्कली नोट फेला परेसँगै अन्य पाँच जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको र उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया