बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जाजरकोट र रुकुमपश्चिममा केन्द्रित गर्ने कर्णाली सरकारको निर्णय

काठमाडौं । कर्णाली प्रदेश सरकारले बाँके, दैलेख, सुर्खेत र लुम्बिनी प्रदेशको दाङ जिल्लाका समेत सुरक्षाकर्मी र स्वास्थ्यकर्मी जाजरकोट र रुकुमपश्चिममा केन्द्रीत गरेर परिचालन गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारको समेत सहयोग लिएर कर्णाली प्रदेशले दाङका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि भूकम्प प्रभवित दुई जिल्लामा केन्द्रीत गर्ने निर्णय भएको हो ।
भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय प्रदेश सरकारले गरेको कर्णाली प्रदेशका मुख्यमनत्रीका प्रेस सल्लाहकार प्रतिक शर्मा इच्छुकले जानकारी दिए ।
आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय लगत्तै मुख्यमन्त्री राजकमुमार शर्मा पनि प्रभवित क्षेत्र पुगिसकेका छन् ।
कर्णाली प्रदेश सरकारले पठाएको औषधिसहितको हेलिकोप्टर आज बिहान जाजरकोट र रुकुम पश्चिममा पुगेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय पनि कर्णाली प्रदेश सरकारले गरेको छ ।
















विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया