शनिबार, माघ २४, २०८२

माओवादीले रोक्यो पूर्व निर्धारित कार्यक्रम, उद्धारमा जुटन नेता- कार्यकर्तालाई अपिल

मेरोन्यूज २०८० कार्तिक १८ गते १५:३३

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)ले पार्टीका पूर्व निर्धारित कार्यक्रम रोकेको छ ।

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम विशेषगरी प्रभावित भएको र ठूलो धनजनको क्षति भएपछि माओवादीले नेता कार्यकर्तालाइ तत्काल उद्धारको काममा जुटन निर्देशन गदैं पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको हो । माओवादीले पार्टी मातहात कमिटिमा सर्कुलर नै जारी गदैं त्यस्तो निर्देशन गरेको हो ।

माओवादीले शनिबारका लागि निर्धारण गरेको शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरेको जनाएको छ । भूकम्पपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै माओवादीद्वारा सञ्चालित अभियानका क्रममा शनिबारलाई आयोजित शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरिएको हो ।

संकटको यस घडीमा पार्टीको कर्णाली प्रदेश कमिटीलगायत भुकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवसरमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको माओवादीले जनाएको छ ।
माओवादीले भूकम्पमा परी ज्यान गुमाएका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तहरुमा गहिरो समवेदना व्यक्त गरेको छ । त्यसैगरी सम्पूर्ण घाइतेहरुको उचित उपचारको माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया