आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोट
भुर्तेल उत्कृष्ट ब्याटर, इल्यास उत्कृष्ट खेलाडी
मेरोन्यूज
२०८० कार्तिक १९ गते १५:५०

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको उत्कृष्ट खेलाडी ओमानका अलराउन्डर अकिब इल्यास चुनिएका छन् । इल्यासले बलिङतर्फ १० विकेट र ब्याटिङतर्फ १०६ रन जोडे ।
नेपालका ओपनर ब्याटर कुशल भुर्तेल उत्कृष्ट ब्याटर चुनिए । घरेलु मैदानमा सम्पन्न प्रतियोगितामा नेपाल उपविजेता हुँदा ओपनर भुर्तेलले १८५ रन बनाएका थिए ।
प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान चुनिए । ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिए ।
आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाललाई सुपर ओभरमा ११ रनले हराउँदै ओमानले प्रतियोगिताको उपाधि जितेको थियो ।
फाइनलमा पुगेका यी दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन् ।
बेस्ट नेपाली प्लेयर अफ दि सिरिज गुल्सन झा बने ।
सम्बन्धित
















अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया