जाजरकोट भूकम्प अपडेट
सरकारी तथ्यांकमै पर्यो तलमाथी, मृत्यु हुनेको संख्या घट्यो !
पछिल्लो तथ्यांक अनुसार भूकम्पमा परी जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ गरी १५३ जनाको मृत्यु भएको छ

काठमाडौँ । पश्चिम नेपालको जाजरकोटको बारेकोट गाँउपालिका १ रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पमा परी मृत्युहुनेहरुको बारेमा सरकारी तथ्यांकमै तलमाथी परेको छ ।
सरकारको आधिकारिक निकाय गृहमन्त्रालयले नै सार्वजनिक गरेको तथ्यांकमा मृतकहरुको संख्यामा तलमाथी परेको हो । अघिल्लो सरकारी तथ्यांकको तुलनामा पछिल्लो तथ्यांकमा मृत्यु हुनेको संख्या घटेको छ ।
अर्थात सरकारले शनिबार कात्तिक १८ गते दिउँसो ४ बजेयता मृत्यु हुनेको संख्या जाजरकोटमा मात्रै १०५ जना रहेको बताएको थियो । रुकुम पश्चिममा भने ५२ जना मरेको र कुलमा १५७ जनाको निधन भएको सरकारले बताएको थियो ।
हेर्नुहोस सरकारले कात्तिक १८ गते दिउँसो ४ बजे सार्वजनिक गरेको तथ्यांक

यही तथ्यांकलाई आधार बनाएर नेपाल प्रहरीले समेत १०५ जना कालिकोटमा निधन भएको चार्ट सहित हेल्लो सरकारमा समेत राखेर प्रस्तुत गरिएको छ ।
हेर्नुहोस प्रहरीले सार्वजनिक गरेको तथ्यांक

शनिबार नै उद्धारको कार्य सकिएकोले थप मृतको संख्या नदेखिएको सरकारले बताईरहँदा सरकारी तथ्यांकमै सोमबार बिहान १० बजेको तथ्यांकमा भने मृतको संख्या ४ जनाले घटेको छ । अर्थात अहिले सरकारी पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने मृतकको संख्या १५३ जनाको निधन भएको देखिन्छ । अर्थात रुकुम पश्चिममा निधन भएका ५२ जना र जाजरकोटमा मृत्यु भएकोको संख्या भने १०५ बाट घटेर १०१ जनामा कायम भएको छ ।
हेर्नुहोस पछिल्लो सरकारी तथ्यांक

खास भएको के हो ?
दुई दिन देखि सरकारले जाजरकोटमा १०५ जना को निधन भएको बताइरहँदा सोमबारबाट भने १०१ जनाको मात्र निधन भएको बताएको छ ।
जसमध्ये ५६ जना महिला र ४५ जना पुरुषको जाजरकोटमा भूकम्पमा परी निधन भएको गृहले जारी गरेको सूचनामा छ । मृतकमध्ये १०१ जनाको पोष्टमार्टम समेत भईसकेर ९५ जनाको आफन्तले शब बुझिसकेको र ६ जनाको भने आफन्त टाढा रहेकोले शब बुझाउन बाँकी रहेको गृह मन्त्रालयले वताएको छ ।
मृतक ६ जनाको शब जिल्ला अस्पताल जाजरकोटको शब गृहमा राखिएको पनि जनाएको छ ।
तर यसअघि १०५ जनाको मृत्यु भएको भनिए पनि मृतक संख्या १०१ जना यकिन भएको छ ।
नलगाड नगरपालिकामा घर भएर भेरी नगरपालिका स्थित खलंगा बजारमा मृत्यु भएकाहरूको नाम दोहोरो परेको हुनाले पहिले संख्या बढेको र पछि घटी देखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।नमा दोहोरिने मृतकमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि थियो । उनको मृत्यु खलङ्गामा भएपनि नलगाड नगरपालिकाले पनि मृतकको सूचीमा उनको नाम राखेको पाइएको छ ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
आज साेमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया