जाजरकोट भूकम्प अपडेट
सरकारी तथ्यांकमै पर्यो तलमाथी, मृत्यु हुनेको संख्या घट्यो !
पछिल्लो तथ्यांक अनुसार भूकम्पमा परी जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ गरी १५३ जनाको मृत्यु भएको छ

काठमाडौँ । पश्चिम नेपालको जाजरकोटको बारेकोट गाँउपालिका १ रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पमा परी मृत्युहुनेहरुको बारेमा सरकारी तथ्यांकमै तलमाथी परेको छ ।
सरकारको आधिकारिक निकाय गृहमन्त्रालयले नै सार्वजनिक गरेको तथ्यांकमा मृतकहरुको संख्यामा तलमाथी परेको हो । अघिल्लो सरकारी तथ्यांकको तुलनामा पछिल्लो तथ्यांकमा मृत्यु हुनेको संख्या घटेको छ ।
अर्थात सरकारले शनिबार कात्तिक १८ गते दिउँसो ४ बजेयता मृत्यु हुनेको संख्या जाजरकोटमा मात्रै १०५ जना रहेको बताएको थियो । रुकुम पश्चिममा भने ५२ जना मरेको र कुलमा १५७ जनाको निधन भएको सरकारले बताएको थियो ।
हेर्नुहोस सरकारले कात्तिक १८ गते दिउँसो ४ बजे सार्वजनिक गरेको तथ्यांक

यही तथ्यांकलाई आधार बनाएर नेपाल प्रहरीले समेत १०५ जना कालिकोटमा निधन भएको चार्ट सहित हेल्लो सरकारमा समेत राखेर प्रस्तुत गरिएको छ ।
हेर्नुहोस प्रहरीले सार्वजनिक गरेको तथ्यांक

शनिबार नै उद्धारको कार्य सकिएकोले थप मृतको संख्या नदेखिएको सरकारले बताईरहँदा सरकारी तथ्यांकमै सोमबार बिहान १० बजेको तथ्यांकमा भने मृतको संख्या ४ जनाले घटेको छ । अर्थात अहिले सरकारी पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने मृतकको संख्या १५३ जनाको निधन भएको देखिन्छ । अर्थात रुकुम पश्चिममा निधन भएका ५२ जना र जाजरकोटमा मृत्यु भएकोको संख्या भने १०५ बाट घटेर १०१ जनामा कायम भएको छ ।
हेर्नुहोस पछिल्लो सरकारी तथ्यांक

खास भएको के हो ?
दुई दिन देखि सरकारले जाजरकोटमा १०५ जना को निधन भएको बताइरहँदा सोमबारबाट भने १०१ जनाको मात्र निधन भएको बताएको छ ।
जसमध्ये ५६ जना महिला र ४५ जना पुरुषको जाजरकोटमा भूकम्पमा परी निधन भएको गृहले जारी गरेको सूचनामा छ । मृतकमध्ये १०१ जनाको पोष्टमार्टम समेत भईसकेर ९५ जनाको आफन्तले शब बुझिसकेको र ६ जनाको भने आफन्त टाढा रहेकोले शब बुझाउन बाँकी रहेको गृह मन्त्रालयले वताएको छ ।
मृतक ६ जनाको शब जिल्ला अस्पताल जाजरकोटको शब गृहमा राखिएको पनि जनाएको छ ।
तर यसअघि १०५ जनाको मृत्यु भएको भनिए पनि मृतक संख्या १०१ जना यकिन भएको छ ।
नलगाड नगरपालिकामा घर भएर भेरी नगरपालिका स्थित खलंगा बजारमा मृत्यु भएकाहरूको नाम दोहोरो परेको हुनाले पहिले संख्या बढेको र पछि घटी देखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।नमा दोहोरिने मृतकमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि थियो । उनको मृत्यु खलङ्गामा भएपनि नलगाड नगरपालिकाले पनि मृतकको सूचीमा उनको नाम राखेको पाइएको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया