भिजन लुम्बिनी उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ भर्ने आज कात्तिक २० गते सोमबार अन्तिम दिन रहेको छ। कम्पनीले गत कात्तिक १६ गतेदेखि सर्वसाधाणलाई जारी गरेको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
सीडीएससीको अनुसार कम्पनीको आईपीओमा हिजो साँझसम्म ८ लाख ४७ हजार ७७० जना आवेदकबाट ९८ करोड ८० लाख ४३ हजार रुपैयाँ बराबरको ९८ लाख ८० हजार ४३० कित्ता सेयरका लागि आवेदन परेको छ । जुन मागभन्दा ४.७६ गुणा बढीले हो।
कम्पनीले २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ। लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
यो आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया