लाजिम्पाटमा अनलाइन जुवा खेलाउने भारतीय पक्राउ

काठमाडौँ । काठमाडौंको लाजिम्पाटस्थित कल सेन्टरमा अनलाइन जुवा खेलाउने अड्डामा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसरले छापा मार्दै अनलाइन जुवा खेलाउने दुई भारतीयलाई पक्राउ गरेको प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले छापा मारेर भारतको महाराष्ट्र राज्य मुम्बई घर भइ काठमाडौं बस्दै आएका ४२ वर्षीय गौरब देसाई, काठमाडौं–३ का ४७ वर्षीय राजीव शर्मा पाण्डेलाई पक्राउ गरेको हो।
कल सेन्टरबाट २९ थान डेस्कटपसमेत बरामद भएको ढुंगेलले जानकारी दिए । उनीहरूले लाजिम्पाटस्थित बाबुराजा नकर्मीको घर भाडामा लिएर कल सेन्टर सञ्चालन गर्ने भनेर कल सेन्टरमा अनलाइन जुवा खेलाउने गरेको पाइएको एसपी ढुंगेलले बताए।
उनीहरूविरुद्ध प्रहरीले सट्टाबाजीसम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको बताएको छ।
















दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
आज कति छ सुनको भाउ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया