भूकम्प पीडितलाई राखेपको ९ लाख ६० हजार सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भूकम्प पीडितहरुका लागि ९ लाख ६० हजार रकम सहयोग गर्ने भएको छ । जाजरकोट केन्द्रविन्दु बनाएर यहि कात्तिक १७ गते शुक्रबार राती गएको भुकम्पबाट पुगेको मानविय क्षति प्रति राष्ट्रिय खेलकुद परिषद्ले दुख व्यक्त गदै उक्त रकम आर्थिक् सहयोग गर्ने जनाएको हो ।
पीडित परिवारलाई राहत उपलव्ध गराउन परिषद्ले पदाधिकारी तथा कर्मचारीहरुको एक दिनको पारिश्रमिक वापतको रु ९ लाख ६० हजार ६८ रुपैयाँ ९४ पैसा उपलव्ध गराउने निर्णय गरेको राखेपले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा आइतबार बसेको बैठकले परिषद्का पदाधिकारी तथा सम्पूर्ण कर्मचारीहरुको एक दिन बरावरको पारिश्रमिक वापतको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकमा परिषद्का उपाध्यक्ष शिव कोईराला, सदस्यहरु, विभागीय प्रमुख, शाखा प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले भूकम्प परि ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति हार्दिक श्रद्धन्जली अर्पण गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदन व्यक्त गरेको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया