भूकम्पले कर्णालीका ३५ हजार ३२१ घरमा क्षति (सूचीसहित)
१७ हजार ७९२ घर पूर्ण रूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति

काठमाडौं । पश्चिम नेपालको जाजरकोट जिल्लाकोरामीडाँडालाई केन्द्रविन्दु बनाएर शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण कर्णालीका जाजरकोट र रुकमु पश्चिम सहितका १२ जिल्ला प्रभावित भएको छ ।
दुई जिल्लामा अध्याधिक मानविय र भौतिक क्षति भएपनि अन्य थप १० जिल्लामा पनि घरमा क्षति पुगेको विवरणसरकारले सार्वजनिक गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार भूकम्पले कर्णालीका कुल ३५ हजार ३२१ घरमा क्षति पुगेको छ । जसमध्ये पनि १७ हजार ७ सय ९२ घर पूर्ण रुपमा क्षति भईसकेको छ ।
यो अध्यावधिक विवरण पनि पूर्ण भने होइन । गृहले अझै जिल्लाहरुबाट क्षतिको विवरण आउने क्रम जारी रहेको भन्दै पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गरेको हो ।
अध्यावधिक विवरणअनुसार भूकम्पले १७ हजार ७९२ वटा घर पूर्ण रूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति पुर्याएको हो। जसमा सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएका छन् भने ९९६१ घरमा आंशिक क्षति पुगेको छ।
जाजरकोटमा ११७० घर पूर्ण रुपमा क्षति भएको छ भने ७ हजार १ सय ६६ घरमा आंशिक क्षति पुगेको छ ।
यस्तै भूकम्पबाट सल्यानमा २५ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ९७ घरमा आंशिक क्षति पुगेको छ। यसैगरी रोल्पामा १७ घर पूर्ण रूपमा भत्किएका छन् भने ८३ घरमा आंशिक क्षति पुगेको छ।
भूकम्पले जुम्लामा पनि ५ घर पूर्ण रूपमा क्षति भएका छन् रुकुम पूर्वमा २ घर तथा दैलख, बैतडी र कालीकोटमा १र१ घर पूरै ध्वस्त भएका छन्।
भूकम्पले रुकुम पूर्वमा १८२ घरमा आंशिक क्षति पुगेको तथ्यांकमा उल्लेख गरिएको छ। यस्तै प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा १र१ घरमा भूकम्पले आंशिक क्षति पुगेको छ।
भूकम्पमा परी अहिलेसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या ३६३ पुगेको छ।
भूकम्पका कारण सबैभन्दा बढी जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ। यसपछि रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको मंगलबार बिहान सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ।
हेर्नुहोस् अध्यावधिक सूची

















सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
प्रतिक्रिया