कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज कार्तिक २२ गते बुधबार । कार्तिक कृष्ण दशमी । पञ्चाङ्ग : एन्द्र विष्टिरभद्रा पूर्व , विश्व रेडियोग्राफी दिवस। नाेभेम्वर ८ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : परिवारबाट थप प्रसन्नता पाइनेछ । बौद्धिकतामा निखार आउने दिन हो । पढाइमा लगाव बढाए सोचेजस्तै नतिजा पाउन सकिने छ । साथीभाइबाट फाइदा लिने समय छ ।
बृष : मन अशान्त रहनेछ । अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । नसोचेको धन प्राप्त हुने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ ।
मिथुन : दैनिक आम्दानी बढ्नेछ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
कर्कट : ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहने छ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ ।
सिंह : आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग पनि प्राप्त हुनेछ ।
कन्या : व्यवसायमा विशेष लाभ हुने दिन हो । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ । आज ठुलो लेनदेनको काम गर्नु ठीक हुँदैन ।
तुला : सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ । प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुनेछ ।
बृश्चिक : आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।
धनु : लक्ष्य पूरा गर्न थप मिहिनेत गर्नुपर्ने छ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश/परदेशको यात्रा हुने परिस्थिति पनि बन्नसक्छ ।
मकर : अचानक धनलाभ हुने सम्भावना छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला । स्वास्थ्यमा केहि समस्या देखिनेछ ।
कुम्भ : मन फुरुङ्ग हुने दिन छ । आज नयाँ काम सुरु गर्ने समय आएको छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।
मीन : कामको बोझ बढ्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया