महोत्तरीको औरही नगरपालिकाका पाँच किशोरी एकैसाथ वेपत्ता

महोत्तरी । महोत्तरीको औरही नगरपालिकाका पाँच किशोरी एकैसाथ वेपत्ता भएका छन् । उनीहरु आफै योजना बनाएर घरबाट निस्केको र परिवारसँगको सम्पर्कमा नरही वेपत्ता भएको प्रहरीले जनाएको छ ।
यसरी वेपत्ता हुनेमा औरही नगरपालिका –२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा हुन् ।
मंगलबार दिउँसो साढे ११ बजेदेखि उनीहरु सम्पर्कमा छैनन । महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले दिएको जानकारी अनुसार, उनीहरुमध्ये एक जना मात्रै हिजो परिवारको सम्र्पकमा आएको र फेरि सम्पर्कबिहिन भएका छन् ।
‘उनीहरु ५ जना नै घरबाट निस्केका हुन् । कतै कुनै कामका लागि गएको हुनसक्ने हाम्रो अनुमान छ । एकजनाले हिजो आमालाई फोन गरेर चिन्ता नलिनु हामी सुरक्षित छौं भनेकी थिइन् । त्यसपछि फेरि मोबाइल स्वीच अफ छ’, एसपी मल्लले भने, ‘खोजतलास गर्दैछौं ।’











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया