टिभिएस एनटर्क १२५ सीसी ड्रम रेडमा आयो, मूल्य २ लाख ३५ हजार ९ सय

काठमाडौं । नेपालको लागि टिभिएस् स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२% सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ ।
शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, ‘ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टिभिएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ । सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ । हाम्रा अमूल्य ग्राहकहरूका लागि उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारी साधनहरू र अपग्रेडहरू ल्याउने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ ।’
टिभिएस एनटर्क ड्रममा ९.४ पीएस पावर सहितको बलियो १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीले जनाएको छ । ‘टि’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्दछ । स्पोर्टी स्टबी मफलरले यसको स्पोर्टी लुक प्रदान गर्ने मात्र होइन स्कुटरको पर्फरमेन्समा पनि योगदान पु¥याउने टिभिएसले जनाएको छ ।
ठूला १२ इन्चका टाएरहरुका साथ एनटर्क १२५ ड्रम भेरियन्टले आरामदायी र सुरक्षित सवारी सुनिश्चित गर्दै सडकमा स्थिरता र ग्रिप प्रदान गर्ने, बोल्ड र चंकी टायरहरूले विभिन्न भू–भागहरूमा उत्कृष्ट पकड प्रदान गर्ने र स्कुटरलाई उत्कृष्ट टु–व्हीलर साबित गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कूटरलाई फरक बनाउनुका साथै भिजिबिलिटी बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित राइड प्रोत्साहन गर्छ । स्पोर्टी स्प्लिट ग्रेब रेलको एडिसनले यात्रुहरूलाई राइडमा सुरक्षित रूपमा समात्न मिल्नेछ । पछाडिको भेन्टहरूले स्कुटरलाई सहज रूपमा चल्न मद्दत गर्नुका साथै हिट लस पनि कम गर्नेछ । त्यसैगरी, गेमिङ कन्सोलबाट प्रेरित स्पीडोमिटरले आधुनिकताको टच थप्नुका साथै राइडको समयमा एकै झलकमा महत्त्वपूर्ण जानकारी पनि प्रदान गर्दछ । टिभिएस एनटर्क ड्रम रेडको मूल्य रु. २,३५,९०० रहेको छ ।
हिजोदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको टिभिएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ । यस महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा रु. ५०,००० को थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् ।
साथै यस महा एक्स्चेन्ज महोत्सवमा शुन्य प्रतिशत ब्याजदरमा २५% सम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । त्यसै गरी यस महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सकिनेछ ।



















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया