मंगलबार, वैशाख १, २०८३

नेप्से परिसूचक ११.८५ अंकले घट्यो

मेरोन्यूज २०८० कार्तिक २३ गते १५:२६

काठमाडौँ । नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ विन्दुमा झरेको छ । अघिल्ला तीन कारोबार दिन उकालो लागेको नेप्से आज घटेर बन्द भएको हो।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.३६, फ्लोट इण्डेक्स ०.६७ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ।

नेप्से घटे पनि आज कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ। बुधबार ७८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १९९ स्टकको मूल्य घटेको छ भने ७२ स्टकको मूल्य बढेको छ। ११ स्टकको मूल्य भने यस दिन स्थिर रहेको छ।

शेयरमूल्य बढेका स्टकहरुको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। आज सनराइज ब्लुचिप फण्डको इकाईमूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। कारोबारमा आएको माउन्टेन इनर्जी नेपालको शेयरमूल्य यस दिन सर्वाधिक ६.५८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ७ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५५ प्रतिशत घटेको छ।

प्रतिक्रिया