एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोली भुकम्प प्रभावितलाई राहत दिएर फर्कियो
पुनर्स्थापनाको लागि सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनाअरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्व टोलीले भुकम्प प्रभावित स्थानीयलाई उद्धार र राहत वितरण गरेको छ । साथै टोली तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्न सकिने सहयोगका विषयमा स्थानीयसँग छलफल गरेर काठमाडौं फर्किएको छ ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका स्थानीय प्रशासन, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,नागरिक अगुवा,महिला एवम् बाल अधिकारकर्मी, पत्रकार महासङ्घको स्थानीय प्रतिनिधिसँग टोलीले राहत तथा वितरण र उद्धारको विषयमा छलफल गरेको हो ।
शर्मा नेतृत्वको कार्यसमितिका पदाधिकारी एवम् अभियन्ताहरुले व्यक्तिगत रुपमा राहतको सहयोग गरेका थिए । राहत तथा उद्धारको लागि कार्तिक २० गते शर्मा नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेको थियो ।

टोलीले भूकम्पबाट घाइते भएर भेरी अस्पतालमा उपचाररत रहेको व्यक्तिहरुलाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै केही आर्थिक सहायता प्रदान गरेको थियो । त्यस्तै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएको जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, सानोभेरी गाउँपालिकामा राहत सामाग्री वितरण गरिएको छ । भूकम्प प्रभावितलाई २ हजार थान कम्बल, ५ सय थान त्रिपाल, ४ हजार मिटर म्याट्रेस र खाद्यान्न वितरण गरिएको महासचिब बुद्धिसागर सुवेदीले जानकारी दिए ।
भूकम्पबाट अति प्रभावित बारेकोट गाउँपालिकाको रामिडाँडामा टोलीले उपलब्ध गराएको राहत सामग्री राष्ट्रपति रामचन्द्र पौडेलबाट वितरण भएको थियो । त्यस्तै टोलीले कर्णाली प्रदेशका अर्थमन्त्री बेदराज सिंहलाई राहत सामग्री हस्तान्तरण गरेको थियो । त्यसैगरी नलगाड नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवीर बिक र वडा अध्यक्षहरू बद्री पन्त र मोहन खत्रीसहित सञ्चारकर्मीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा अध्यक्ष शर्माले पहिलो चरणको राहत अन्तर्गत एनआरएनएले संस्थागत रुपमा सहयोग उपलब्ध गराएको जानकारी दिंदै अब मध्यकालीन र दीर्घकालीन रूपमा पुनर्स्थापनाको लागि सहयोग गर्न तयार रहेको जानकारी दिए । एनआरएनएले विशेषज्ञ सहितको टोलीले परामर्श सेवा उपलब्ध गराउने र त्यसको प्रक्रिया छिट्टै सुरु अध्यक्ष शर्माले बताए । तत्काल मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि स्थानीय एफएम पाइला रेडियो र एनआरएनए बिच सम्झौता भएको छ ।
शर्माको नेतृत्वको टोली रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको छेप्का र जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यहरूलाई भेटेर मृतकका परिवारलाई समवेदना दिदैं परिवारलाई केही आर्थिक सहयोग तथा मृतकलाई श्रद्धाञ्जली प्रकट गरिएको थियो ।

भूकम्पबाट घरबास गुमाएका प्रभावितलाई शर्माले अब भूकम्प प्रतिरोधी क्षमताको घर बनाउनुपर्ने र त्यसको लागि आफूहरु प्राविधिक सहित अन्य सहयोग गर्न तयार रहेको जानकारी दिए ।
महासचिव सुवेदीले विश्वमा नेपालीले सिकेको ज्ञानलाई भूकम्प पछिको पुनर्निर्माण प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रममा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्वराज्यमन्त्री गोपालजीजंग शाह लगायत स्थानीय जनप्रतिनिधि एवम राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।
शर्माको नेतृत्वमा निवर्तमान अध्यक्ष रवीना थापा, उपाध्यक्ष गंगाधर गौतम, उपाध्यक्ष राज रेग्मी, महासचिव सुवेदी, सचिव लोक दाहाल, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप महिला संयोजक गीता खनाल थापा, पूर्वउपाध्यक्ष नरेन्द्र भाट, अभियन्ता शनि ओली, ओम शर्मा लगायत सहभागि थिए ।
शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरिसकेका छन् भने व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन ।
त्यस्तै, सुवेदीले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपानेले ५ लाख , युवा उपाध्यक्ष अब्दुल बाशिद ५ लाख तथा सचिव लोक दाहालले ५ लाख रुपैयाँ, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ले ३ लाख, सचिव कृष्णजीवि पन्तले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन ।
त्यस्तै उपाध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
















प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छापिए
वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु
समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ
रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित
Power production should be increased for prosperous Nepal: Chair Ghising
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
प्रतिक्रिया